जापानद्वारा नेपालका २३ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ — जापानले नेपालका २३ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । उसले पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम अस्पतालहरुलाई दिएको हो ।नेपालका २५ अस्पताललाई सहयोग गर्ने योजनाअनुसार उक्त सामग्री आइतबारै हस्तान्तरण गरिएको नेपालस्थित जापानको राजदूतावासले मंगलबार जारी विज्ञप्तीमार्फत जनाएको छ ।

विज्ञप्ती अनुसार बाँकी सिस्टम मंगलबार र बुधबार हस्तान्तरण गरिनेछ । अन्ट्रासाउन्ट डायग्नोस्टिक सिस्टम प्रयोग गर्न सहज हुने र यसले कोभिड–१९ उपचारमा सहयोग पुर्‍याउने जापानी राजदूत किकुता युताकाले बताएका छन् । गत जनवरी २७ मा जापानले २५ अस्पतालहरूलाई ब्लड ग्यास एनलाइजर अनुदान सहयोगमा दिएको थियो ।

जापानले अर्को महिनामा एक सय ६० अक्सिजन कन्सन्ट्रेटर र ६ वटा एम्बुलेन्स अनुदानमा दिने तयारी गरेको छ । कोरोनाका बिरामीहरुलाई कन्सन्ट्रेटरले सिलिन्डर बिनै अक्सिजन दिन सकिने उल्लेख छ । जापानले नेपालका ५८ अस्पतालमा कन्सन्ट्रेटर उपलब्ध हुने जनाएको छ ।

sorce:ekantipur.com

2022-07-07T08:18:42+00:00